साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट सुरुः पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै

साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट सुरुः पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै

  • शुक्रबार, अशोज १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, १५ असोज । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट सुरु हुँदैछ ।

माल्दिभ्समा मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दा दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

साफको यो संस्करणमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी सबै ५ टोलीले समुह चरणमा एक अर्कासँग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टिम पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाल अहिलेसम्म साफको फाईनलमा पुग्न पनि सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ