१४ असोज, काठमाडौं । आज शेयर बजार फेरि ओरालोतिर लागेको छ। बुधबार ५० अंकले बढेको शेयर बजार आज नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ विन्दुमा झरेको हो।
ठूला कम्पनीको कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले घटेको छ। नेप्से घटेसँगै शेयर कारोबार रकम पनि खुम्चिएको हो । २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर ३ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएको छ । अघिल्लो कारोबार दिन बुधबार ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।
यसदिन कारोबारमा आएका १३ समूहमध्ये ३ समूहको परिसूचक मात्र वृद्धि भएको छ। अन्य बाँकी १० समूहको परिसूचक घटेको छ। व्यापार, अन्य र सामूहिक लगानी कोषको परिसूचक बढेको हो। व्यापारको सर्वाधिक ३.९२ प्रतिशतले बढेको छ। अन्यको ०.२७ र लगानी कोषको परिसूचक ०.१९ प्रतिशतले बढेको छ।
यसदिन ३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुंग खोला जलविद्युतको शेयर मूल्यमा १० प्रतिशतले सर्किट लागेको हो।
कारोबार रकमका आधारमा नेपाल बैंक शीर्षस्थानमा रह्यो। यसदिन यो कम्पनीको १२ करोड ७७ हजार मूल्यमा शेयर किनबेच भयो। अपी पावरको १० करोड ८३ लाख ३२ हजारको शेयर कारोबार भयो।