‘क’ वर्गका बैंकबाट मात्रै विदेशी मुद्रा सटही, भ्रमण भिसामा विदेश जानेलाई ५ सय र २ सय ५० डलरको सीमा

‘क’ वर्गका बैंकबाट मात्रै विदेशी मुद्रा सटही, भ्रमण भिसामा विदेश जानेलाई ५ सय र २ सय ५० डलरको सीमा

  • बिहिबार, अशोज १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौँ, १४ असोज । सरकारले ‘क’ वर्गका बैंक (वाणिज्य) बैंकबाट मात्रै मुद्रा सटही गर्न पाइने व्यवस्था ल्याएको छ ।मुद्रा सटही गर्दा विदेश जाने व्यक्ति स्वयं उपस्थित भएर आम्दानीको स्रोत समेत खुलाउनु पर्ने छ । यसका लागि अध्यागमन कार्यविधिको दफा ३ (१) को उपदफा २ को खण्ड घ पछि घ (१) बुँदा थप ‘विदेशी मुद्रा नेपाल राष्ट्रबैंकबाट स्वीकृत प्राप्त क बर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा भ्रमणमा जाने व्यक्ति स्वयं उपस्थित भई अनिवार्य रुपमा आयस्रोत खुलाउनु पर्ने छ, ’ भनिएको छ ।
साथै विदेश घुम्न जाने नेपालीले साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाएको छ ।

गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरी युरोप, अमेरिका, जापान र कोरिया घुम्न जाने नेपालीको हकमा ५ सय अमेरिकी डलर तथा खाडी मुलुक, मलेसिया, सार्क राष्ट्र र थाइल्याण्डको हकमा न्यूनतम २ सय ५० डलर र माथी उल्लेख गरिएका बाहेकका मुलुकमा ५ सय डलर साथमा लैजान पाउने गरी अध्यागमन कार्यविधि २०६४ संशोधन गरेका छन् ।

आज गृह मन्त्रालयले संशोधित प्रावधान कार्यान्वयन गर्न विभागलाई पत्राचार गरेको हो । घुम्न जाने व्यक्तिका लागि विदेशमा खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको कागजात भएमा डलर साथमा राख्न पाइने व्यवस्थालाई वैकल्पिकमा राखेको छ ।
यसअघि विदेश जाँदा सबै मुलुकका लागि अनिवार्य रुपमा न्यूनतम ५ डलर साथमा राख्नु पर्ने प्रावधान थियो । विदेशी मुद्रा सञ्चिति बढाउन भिजिट भिसामा जानेले लैजान पाउने रकमको सीमा घटाउन नेपाल राष्ट्र्र बैंकले अध्यागमन विभागसँग आग्रह गरेको थियो । त्यसपछि कार्यविधि संसोधन गरी भिजिट भिसामा घुम्न जानेको हकमा विदेशी मुद्रा सम्बन्धी सीमा निर्धारण गरिएको गृहको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी