दाङ, १४ असोज । जिल्ला प्रशासन कार्यालय दाङले पश्चिम दाङका बाढी प्रभावित र अविरल वर्षाका कारण घर भत्किएकालाई राहत प्रदान गरेको छ । बुधवार इलाका प्रशासन कार्यालय तुलसीपुरको नियमित सेवा प्रवाह अन्तर्गतको कार्यक्रम अनुसार पीडितहरूलाई करिब ८ लाख रुपैयाँ प्रदान गरेको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । स्थानीय सरकार प्रमुख ,पत्रकार महासंघ दाङ र सामाजिक सघ संस्थाहरूको रोहबरमा करिब ८ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
जिल्ला विपद व्यवस्थापन समितिले एक कार्यक्रमका बिच पश्चिम दाङका १४ घरपरिवारलाई रकम हस्तान्तरण गरेको परियोजना प्रमुख विश्वप्रकाश अर्यालले जानकारी दिए । उनका अनुसार घोराही, लमहि र जिल्लाका अन्य स्थानमा पुगेर राहत बितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
अमृता घर्ती र सन्तोष घर्तिका परिवारलाई तिन लाख, शान्तिनगर ४ का बामे बिक र वामदेव देवकोटाका परिवारलाई २ लाख राहत बितरण गरिएको थियो । त्यस्तै स्थानीय जानकी चौधरी ,राधिका गन्धर्व, पञ्चकली घर्ती, बिक्रम बिक, पिमा बस्नेत, सन्तोष घर्ती र चन्द्रलाल चौधरीलाई जनही १५ देखि २० हजार राहत स्वरूपको रकम प्रदान गरिएको थियो ।
सो अवसरमा इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बूढा, वडा नम्बर ४ का वडा अध्यक्ष बालकृष्ण राना, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे , पूर्व अध्यक्ष विमल रिजाल, महासचिव विनिल केसी, पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वली लगायतको सहभागिता रहेको थियो ।