धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा महत

धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्छ : डा महत

  • बुधबार, अशोज १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १३ असोज। नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्म संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

तराई–मधेसका मैथिली र थारु महिलाले हर्षोल्लासपूर्वक मनाउने जितिया पर्वको अवसरमा आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले सांस्कृतिक निधि, पारिवारिक र सामुदायिक सद्भाव, शान्ति, एकता र आपसी सहयोग अभिवृद्धि गर्ने माध्यम भएकाले यस पर्वको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

सहमहामन्त्री डा महतले नेपाली कांग्रेस हाम्रा धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै नेपाली समाजलाई समुन्नत र सुसंस्कृति बनाउन कटिबद्ध रहँदै आएको स्पष्ट पार्नुभयो । परापूर्वकालदेखि अवलम्बन गरिँदै आएका विभिन्न धर्म, संस्कृति र परम्पराले नेपालको विशिष्ट पहिचान दिएको बताउँदै उहाँले जितिया पर्व उल्लासमय वातावरणमा सम्पन्न हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ