ईपीएल क्रिकेट: पोखराले ९ विकेटले हरायो ललितपुरलाई

ईपीएल क्रिकेट: पोखराले ९ विकेटले हरायो ललितपुरलाई

  • बुधबार, अशोज १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ, १३ असोज । एभरेष्ट प्रिमयर लिग (ईपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६.३ ओभरमा ५५ रन बनाउँदै भेट्टायो । मैदान पानीले भिजेका कारण २० ओभरको खेललाई ७ ओभरमा झरिएको थियो । ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउँदै ५१ रन बनाएको थियो । पोखराका रिचर्ड लेभीले २२ बलमा अविजित ३८ र सहान अरासिगेले ३ बलमा १ रन बनाए । यस्तै ऋत गौतमले १४ बलमा १२ रन बनाए ।
ललितपुरका तर्फबाट अजमतुल्लाह अमरजाईले १ विकेट लिए । ललितपुरको यो दोस्रो पराजय हो भने पोखराले पहिलो जित निकालेको छ । यसअघि पोखराले वर्षाका कारण खेल नभएपछि आइतबार भैरहवासँग १ १ अंक बाँडेको थियो । पोखराको यो जितसँगै ३ अंक भएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्याट्रियट्सका लागि सन्दुन वीरककोडीले सर्वाधिक १९ रन बनाए । त्यस्तै ओसादा फर्नान्डोले १० रन बनाउँदा नारायण जोशीले ११ रन बनाए । पोखरा राइनोजका लागि विक्रम सोबले ३, नन्दन यादवले २ र केस्रिक विलियम्सले १ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ