राष्ट्रिय फुटसल लिग: राइजिङ क्लब र फुटसल पाँच धरान विजयी

राष्ट्रिय फुटसल लिग: राइजिङ क्लब र फुटसल पाँच धरान विजयी

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत आजको खेलमा द राइजिङ क्लब र फुटसल पाँच धरान विजयी भएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को आयोजनामा गत असोज २ गतेदेखि पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा राइजिङले ढुकु फुटसल हबलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा सुरुआत अग्रता ढुकुले बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित बन्न पुग्यो । राइजिङका मिलन राईले दुई तथा हेमन्त थापामगर, सुदीप गुरुङ र विवेक राइले एक÷एक गोल गर्नुभयो । ढुुकुका अमित लामा, प्रसिद्ध मगर, अभय रानाले एक÷एक गोल गर्नुभयो ।

खेलमा राइजिङका बिकु तामाङ म्यान अफ दी म्याच चुनिनु भयो र रु पाँच हजार पुरस्कार पाउनुभयो । यसैगरी आजको दोस्रो खेलमा घरेलु टोली सविन मेमोरियल पोखरा फुटसल ५ धरानसँग पराजित भएको छ । घरेलु टोलीको यो दोस्रो हार हो ।

फुटसल ५ धरानले सविनलाई ५–४ गोल अन्तरले पराजित गर्न सफल भयो । खेलमा सविनले सुरुआती ३ गोलको अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा खेलमा पराजित हुन पुग्यो । धरानका प्रवेश जोशी र विजय श्रेष्ठबाट समान दुई÷दुई गोल र रञ्जित गुरुङले एक गोल गर्नुभयो । सविनका अभिनाश तामाङले दुई तथा मनोज गुरुङ र अनुप राना मगरले एक÷एक गोल गर्नुभयो ।

असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ