कालिकामाई गाउँपालिकामा अख्तियारको छापा

कालिकामाई गाउँपालिकामा अख्तियारको छापा

  • मङ्लबार, अशोज १२, २०७८
  • दिपक चौरसिया

  • 4.6K
    SHARES

पर्सा १२ असोज । पर्साको कालिकामाई गाउँपालिकामा अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले छापामारी गरेको छ ।

कालिकामाई गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले ब्यापक भ्रष्टाचार गरेको बिभिन्न समाचारहरु, सञ्चार माध्यममा प्रकाशन भएको तथा गाउँपालिका बिरुद्ध लिखित उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न गाउँपालिका कार्यालयमै पुगेको हो ।

गाउँपालिकाको कार्यालयमा ९ गते पुगेको अख्तियारको टोली ११ गते फर्किएको छ । टोलीले शंकास्पद योजना तथा कार्यक्रमहरुको कागजात आफ्नो नियन्त्रणमा लिनुको साथै गाउँपालिकाको बिभिन्न वडामा संचालन भएको योजनाहरुको स्थलगत अवलोकन समेत गरेको छ।

टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुको साथै तीन दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरुको समेतको अध्यन गरेको बताइएको छ । सो क्रममा अख्तियारको टोलीले गाउँपालिकामा कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको बताए ।

उनले केही योजनाहरुको कागजात टोली कार्यालयबाट संकलन गरेको वताउँदै उजुरीहरु उपर अनुसन्धान भइरहेको बताउँदै दोषी देखिएको खण्डमा भ्रष्टचारमा संलगन कर्मचारी तथा जनप्रतिनिधिहरु उपर कानुनी कारवाही गरिने बताए ।

यता गाउँपालिकाको कार्यालयमा अख्तियारको टोली पुगे पछि कर्मचारी तथा जनप्रतिनिधिहरु बिच खैलाबैला मच्चिएको छ । अनुसन्धानको क्रममा केही कर्मचारी, ठेकेदार तथा जनप्रतिनिधिहरु अख्तियारको फन्दामा जाने निश्चित भएपछि जनप्रतिनिधि र कर्मचारीहरुमा त्रास बढेको बताइएको छ ।

यसबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहसँग बुझ्दा टोली किन र केका लागि आएको आफुलाई जानकारी नभएको बताए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ