महन्त ठाकुर नेतृत्वको पार्टी लोसपाको यूवा संगठनद्धारा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन

महन्त ठाकुर नेतृत्वको पार्टी लोसपाको यूवा संगठनद्धारा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, १२ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भातृसंगठन लोकतान्त्रिक युवा संघले आज नेपाली भूमि अतिक्रमण गरेको भन्दै चीनबिरुद्ध नारावाजीसहित प्रदर्शन गरेको छ ।

उनीहरुले प्रदर्शनिका क्रममा नेपाली भूमि मिच्न पाइदैन भन्दै नाराबाजी गरेका थिए । हुम्लाको लिमि लाप्चादेखि हिल्सासम्मको कतिपय भू भाग चीनले अतिक्रमण गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।
सरकारले हुम्लाको लिमिलाप्चदेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाएको थियो। अध्ययन समितिले प्रतिवेदनसमेत गृहमन्त्रीलाई दिइसकेको छ। उक्त प्रतिवेदनमा दुवै मुलुकले संयन्त्र बनाएर सीमालगायतका विषयहरुबारे छलफल गर्ने उल्लेख छ।

केपी ओली नेतृत्वको यसअघिको सरकारले भने नेपाल र चीनबीच सीमा विवाद नरहेको स्पष्ट पारेको थियो। चीनले पनि नेपाली भूमि नमिचेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ