मलेसिया र सिंगापुरबाट अवैध ढंगले सुन ल्याउने १५ जना विमानस्थलबाट पक्राउ

मलेसिया र सिंगापुरबाट अवैध ढंगले सुन ल्याउने १५ जना विमानस्थलबाट पक्राउ

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

१२ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित प्रहरीले पन्ध्रजनालाई पक्राउ गरेको छ । सिंगापुर र मलेसियाबाट आएका पन्ध्र जना यात्रुबाट सो परिमाणको सुन बरामद गरेको हो ।

उनीहरुले भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुको साथाबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद् गरेको छ ।

पक्राउ परेकाहरुले उक्त सुन आफ्नो नभएको बयान प्रहरीलाई दिएका छन् । प्रहरीसँगको बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौंसम्म पुर्‍याइदिन भनेको र सोही अनुसार आफूहरुले काम गरेको बताएका छन् ।

त्रिअवीमा सम्बन्धित व्याक्ति बुझ्न आउने भनेपछि आफूहरुले सुन ल्याइदिन तयार रहेको उनीहरुको भनाइ छ । मलेसिया र सिंगापुरमा सुन दिने व्यक्तिहरु आफूहरुले नचिनेको समेत उनीहरुले दावी गरेका छन् ।

मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गर्न लागेको सूचनाका आधारमा प्रहरीले शंकास्पद यात्रुमाथि निगरानी गरेको थियो । अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको विभिन्न स्थानहरुबाट आइतबार शंकास्पद १५ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले मलेसिया र सिंगापुरको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले उक्त सुन दिइ पठाएको र काठमाडौं विमानस्थल वरपरका होटलमा रिसिभ गर्न आउने व्यक्तिलाई दिनू भनेको प्रहरीसँगको बयानमा भनेका छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अनुसार सुनसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ