लुम्बिनी विकास बैंक र कुटि रिसोर्टबिच सम्झौता

लुम्बिनी विकास बैंक र कुटि रिसोर्टबिच सम्झौता

  • सोमवार, अशोज ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

लुम्बिनी विकास बैंक लि.र पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्ट प्रा. लि.बीच आज सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बिभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि रिसोर्टसँग सम्झौता गरेको हो । कुटि रिसोर्ट प्रा. लि. पोखराको मुटु तथा मुख्य पर्यटकिय स्थल फेवातालको नजिक रहेको छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि. का आफ्ना सम्पुर्ण ग्राहकहरुलाइ कुटि रिसोर्ट प्रा. लि. का बिभिन्न सेवा तथा सुबिधाहरुमा २५% सम्म छुट प्रदान गर्ने छ । कुटि रिसोर्ट प्रा. लि. को बिभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहक महानुभावहरुले खाना तथा बस्न, ब्यायम तथा स्वास्थ्य क्लब, स्वीमिङ्ग पुल, स्पा तथा स्उनाको आनन्द लिन सक्ने छन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक श्री दिपक खनाल र कुटि रिसोर्ट प्रा. लि. को तर्फबाट मेनेजिङ्ग डाईरेक्टर देबेन्द्र के. सी. ले संयुक्त रुपमा हस्ताक्षर गर्नु भयो ।

लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहक महानुभावहरुलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट÷एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ