नेपालसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चाहन्छौँः चीनीया विदेशमन्त्री

नेपालसँगको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन चाहन्छौँः चीनीया विदेशमन्त्री

  • सोमवार, अशोज ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चीनले नेपालसँगको सम्बन्धलाई प्रगतिको नवीन मार्गमा अघि बढाउन चाहेको बताएको छ । राज्य परिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज बधाई सन्देश पठाएर दुई देशबीचको सम्बन्ध नयाँ ढङ्गले प्रवद्र्धन गर्न चाहेको बताउनुभएको हो ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले आफ्ना विदेशमन्त्रीले परराष्ट्रमन्त्री खड्कालाई बधाई सन्देश पठाउनुभएको तथा चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उहाँसँग सहकार्य गर्न आफू इच्छुक रहेको सन्देशमा उल्लेख गर्नुभएको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा राजदूत हउले लेख्नुभएको छ, “आज चीनका राज्य परिषद् सदस्य तथा विदेशमन्त्री श्री याङ यीले नेपालका नयाँ विदेशमन्त्री माननीय डा नारायण खड्कालाई बधाई सन्देश पठाउँदै चीन–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्ना समकक्षीसँग उहाँले सँगसँगै काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ