शेयर बजारमा फेरि गिरावटः ६१ अंकले घट्यो

शेयर बजारमा फेरि गिरावटः ६१ अंकले घट्यो

  • आइतवार, अशोज १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, असोज १० । शेयर बजारमा फेरी ६१ अंकको गिरावट आएको छ । अघिल्लो कारोबारको अन्तिम दिन बिहीबार झिनो अंकले बढेको नेप्से परिसूचक आज ६१.२७ अंकले ओरालो लागेको हो ।

कारोबार रकम पनि ६ अर्बमा सिमित हुँदा परिसुचक २७ सय ५८ बिन्दुमा आई थामियो । आज कारोबार भएका मध्ये जीवन बिमा समुह ३ सय ७१ अंकले ओरालो लाग्दा निर्जिवन बिमा समुह पनि ३ सय ५६ अंकले ओरालो लाग्यो ।

यस्तै विकास बैंक, वित्त, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुह पनि दोहोरो अंकले ओरालो लाग्दा सामुहिक लगानी कोष मात्र हरियो रह्यो ।

यसदिन मनकामना लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढि कमाउँदा आईएफसी फाईनान्स कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढि गुमाउन पुगे ।

यसदिन ८ कम्पनीको शेयर मुल्य बढ्दा १ सय ७६ कम्पनीको शेयर मुल्य घट्योे । आज १ सय ८६ कम्पनीको १ करोड ४४ लाख कित्ता शेयर ६ अर्ब ५० करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ