काठमाडौँ / नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले फुलको आँखाले हेर्ने गरेको भए पनि एमाले अध्यक्ष केपी ओलीले काँडाको आँखाले हेर्ने गरेको प्रतिकृया दिएका छन् । हेटाँैडामा कार्यकर्ताहरुलाई संवोधन गर्दै अध्यक्ष नेपालले एमाले नेता कार्यकर्तालाई कुनै गाली नगर्न निर्देशन पनि दिए । ओलीको अंहकारका कारण एमाले आगामी निर्वाचनमा कमजोर हुने र टर्च बालेर खोज्नु पर्ने अवस्थामा पुग्ने दाबी उनको छ ।
आफूहरु ओली जस्तो गलत प्रवृतिमा नलाग्ने उनले जिकिर गरे ।
उनले प्रचण्डसँग ओलीले गरेको गोप्य सहमति कार्यन्वयन नगरेको, संसद विघटन गर्दै अघि बढेपछि आफूहरुले उनलाई विदा गर्ने योजना बनाएको पनि बताए ।
अब आफूहरुले महिला र युवालाई नेतृत्वमा अगाडी बढाएर पार्टीलाई स्थापित गराउने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline