मलाई नेपाल घर जस्तै लाग्छ र यहाँ आउन पाँउदा खुसी छु : शहीद अफ्रीदी

मलाई नेपाल घर जस्तै लाग्छ र यहाँ आउन पाँउदा खुसी छु : शहीद अफ्रीदी

  • बिहिबार, अशोज ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं । आगामी शानिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आएका छन् ।

आज त्रिभुवन विमानस्थल झरेका उनलाई ईपीएल आयोजक टीमले स्वागत गरेको छ । नेपाल झरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अफ्रिदीले आफूले नेपालको क्रिकेट क्षेत्र माथि उठेको हेर्न चाहेको बताए ।

नेपाल क्रिकेटलाई अझै सहयोग र सपोर्टका लागि आफूले ईपीएल खेल्ने निर्णय गरेको अफ्रिदीको भनाइ छ । साथै उनले आफूलाई नेपाल घरजस्तै लागेको र आउन पाउँदा खुसी लागेको बताए ।
व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । उनले भने, ‘मैले दुईवटा खेल खेलेर पाकिस्तान फर्कन्छु ।’
अफ्रिदीले ईपीएलमा काठमाडौं किंग्स इलावेनबाट खेल्दैछन् । अन्य विभिन्न देशका खेलाडी पनि ईपिएल खेल्न आँउदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ