गएराति भीषण पहिरो जाँदा त्यसमा पुरिएर गुल्मीमा एकै परिवारका तीन दिदी बहीनीको मृत्यु भएको छ । रेसुंगा नगरपालिका ८ भगवती मन्दिर छेउमा मध्यरात १२ बजेतिर पहिरो गएको थियो ।
मृत्यु हुनेमा तिलक नेपालीका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयले जानकारी दिए । राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो ।
पहिरो खसेर छोरीहरूलाई पुरेपछि अर्को कोठामा सुतेका तिलकले एक जनालाई सानो प्वालबाट तानेर बचाएका थिए । राति नै नेपाली सेना, नेपाल प्रहरीको टोलीले पुरिएको कोठाबाट शव निकालेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline