साफ् च्याम्पियनसिप अघि नेपालले ओमन बिरुद्ध मैत्रीपूर्ण फुटवल खेल्ने

साफ् च्याम्पियनसिप अघि नेपालले ओमन बिरुद्ध मैत्रीपूर्ण फुटवल खेल्ने

  • मङ्लबार, अशोज ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

नेपालले आगामी साफ् च्याम्पियनसिपको तयारीका लागि ओमनसँग मैत्रीपूर्ण फुटवल खेल्ने भएको छ । यो जानकारी आज एन्फाले दिएको हो । हाल नेपाली टोली कतारमा प्रशिक्षण गरीरहेको छ । बलियो टोली ओमनसँग नेपालले असोज १० गते खेल्ने छ । खेल स्थानीय समय अनुसार साँझ ७ बजेपछि हुने छ ।
सो मैत्रीपूर्ण खेलपछि नेपाली टोली आयोजक राष्ट्र माल्दिभ्स जाने छ । माल्दिभ्समा असोज १५ गतेबाट साफ् च्याम्पियनसिप शुरु हुँदैछ ।
साफ च्याम्पियनसिपमा नेपाल, भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाले भाग लिँदैछन् । यस पटक पाकिस्तान र भुटान सहभागी नहुने भएका छन् ।
नेपालले अहिले सम्म साफ् च्याम्पियनसिप जीत्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ