शेयर बजारमा सुधार, १३ अंकले बढ्यो नेप्से

शेयर बजारमा सुधार, १३ अंकले बढ्यो नेप्से

  • मङ्लबार, अशोज ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

असोज ५ काठमाडौ । लगातार दोहोरो तेहोरो अंकले ओराले लागेको नेप्से परिसूचक आज भने केही सुधार आएको छ । आज नेप्से १३ अंकले बढेर बन्द भयो । मंगलबार सेयर बजारमा १५१ अंकको उतारचढाव देखिएको छ। सुरुवाती आधा घण्टामा ८३ अंकले घटेर २६१५ बिन्दुसम्म झरेको बजार त्यसपछि २५ मिनेटमा १५१ अंक सुधार भएपछि २७६६ बिन्दुसम्म पुगेको थियो।
बजार १ बजेपछि भने केही स्थिर हुँदै अन्तिममा १३ अंकले बढेर बन्द भएको छ।
म्युचुअल फण्डसहित २२३ कम्पनीको सेयर कारोबार हुँदा १२२ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको स्थिर र बाँकी कम्पनीको सेयर मूल्य घटेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा रुरु र निफ्राको सेयर मूल्य करिब ५.५ प्रतिशतले बढेको छ।
अधिकांश उपसमूह हरियो भएको बजारमा चार उपसमूह झिनो अंकले घटेका छन्। सबैभन्दा धेरै जीवन बीमा समूह १९९ अंकले बढेको छ। अन्य उपसमूह पनि झिनो अंकले नै बढेका छन्।

अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २५ करोड रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंक, निफ्रा र हिमालयन डिष्टिलरीको समान २० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ