निफ्राले ८.५ प्रतिशत नगद लाभांश दिने

निफ्राले ८.५ प्रतिशत नगद लाभांश दिने

  • मङ्लबार, अशोज ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

असोज ५, काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७७÷७८ सम्मको सञ्चित मुनाफामध्ये वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत सोमवार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि समेत गरी ८ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले चुक्तापूँजी रू.२० अर्बको आधारमा नगद लाभांश वितरण गर्न लागेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनी ऐन अनुसार अर्थ मन्त्रालयको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ