अमेरीका पठाईदिने भन्दै नेपालमा रोहिङ्ग्या शरणार्थी ल्याउने तीन विदेशी नागरिक पक्राउ

अमेरीका पठाईदिने भन्दै नेपालमा रोहिङ्ग्या शरणार्थी ल्याउने तीन विदेशी नागरिक पक्राउ

  • सोमवार, अशोज ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

४ असोज, काठमाडौं । बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाईदिन्छु भन्दै नेपाल ल्याउने तीन विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
बंगलादेशको शरणार्थी शिविरमा रहेका रोहिङ्ग्या शरणार्थीलाई प्रलोभन देखाएर नेपाल ल्याएको आरोपमा बर्माका दुई र बंगलादेशका एक युवा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वर्मेली नागरिक २७ वर्षका नरुल अमिन र २७ वर्षका सफिक आलम तथा बंगलादेशी नागरिक ३० वर्षका अजमत उल्लाह पक्राउ परेका छन् ।
अमिन काठमाण्डौँमा कपडा बेच्दै हिँड्ने गरेका थिए भने साफक कान्तिपुर हार्डवेयरमा काम गर्थे । बंगलादेशी अजमत भने असोज २ मै प्रहरीको नियन्त्रणमा आएका थिए । उनको कपडा पसल रहेको छ ।
उनीहरुले २० दिनअघि १४ जना रोहिङ्ग्या शरणार्थीलाई नेपाल ल्याएको पाईएको छ । उनीहरुले मोटो रकम लिएर नेपाल ल्याउने र यहाँबाट यूरोप अमेरीका पठाउने भन्दै ठग्ने गरेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ