बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार गरेका छन् । चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकनमा लागि गएका मेयर सुवेदीलाई पहिरो पीडित जनतालाई केही नगरेको भन्दै कुदेर आएका ती युवाले उफ्रिएर मुक्का प्रहार गरेका थिए । सुरक्षाकर्मी र अन्यले मेयरलाई जोगाएका थिए ।
उनीमाथि आक्रमण भएपछि तत्काल जनपथ र नगर प्रहरीले रोकेका थिए । उनलाई मुक्का प्रहार भएको स्थानीयले खिचेको भिडियो भाईरल बनेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline