काठमाडौं।असोज ४ । प्रतिनिधि सभाबाट बजेट पारित भएको दिन शेयर बजारमा भारी गिरावट आएको छ । आज उत्तारचढावका बीच ११३ अंकको भारी गिरावट आएको नेप्से परिसूचक २६९८ बिन्दुमा ओर्लिएको छ ।
आज कारोबार भने केही बढेको छ । तर यसको मुख्य कारण भनेको पीडादायी बिक्री भएको लगानीकर्ताको भनाई छ । आज ८ अर्ब ४९ करोड कारोबार भएको छ । २८१२ अंकबाट झरेको बजार एकै पटक २६९८ मा बन्द भएको छ।
बैंकहरुले असोज १ गतेबाट लागू हुने गरी ब्याज दर बढाएका छन्। दैनिक तरलता ब्यवस्थापन गर्नसमेत बैंकहरुलाई समस्या हुन थालेको छ।
बजार घट्दासमेत मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। यसबाहेक डिप्रोक्स लघुवित्त र लक्ष्मी लघुवित्तको सेयर मूल्य बढेको छ।
बजारका सबै उपसूचकहरु घटेका छन्। बाणिज्य बैंक, बीमा कम्पनी फराकिलो अन्तरले घटेका छन्। अन्य सूचकका साथै विकास बैंक, फाइनान्स कम्पनी, होटल, लगानी, उत्पादन तथा प्रशोधन समूह पनि घटेको छ।
११ वटा कम्पनीको सेयर मूल् घटेर सर्किट लागेको छ। गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन उर्जा विकास, युनाइटेड इदी मार्दी, सिंगटी हाइड्रो, एक्सल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर र सेन्ट्रल फाइनान्सको सेयर मूल्य घटेर सर्किट लागेको छ।