ओमन विरुद्ध नेपालको शानदार जीत

ओमन विरुद्ध नेपालको शानदार जीत

  • आइतवार, अशोज ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत ओमन विरुद्ध नेपालले ७ विकेटको शानदार जीत निकालेको छ । टस जीतेर फिल्डिगं गरेको नेपालले उत्कृष्ट बलिंग गर्दै ओमनलाई १२१ रनमा ३७.१ ओभरमा अलआउट गरेको थियो ।
ओमनले पेश गरेको १२२ रनको चुनौती नेपालले ३ विकेटका क्षतिमा १८.२ ओभरमा पूरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धसतक पूरा गर्दै ५२ रन बनाए । ओपनर कुसल भुर्तेल ६ रनमा आउट हुँदा आशिफ शेख ४० रनमा आउट भएका थिए । उनले ७ चौका प्रहार गरे । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र आशिफ शेखले नेपाललाई जीत तर्फ डोर्याएका थिए ।
अघिल्लो खेलमा निराशजनक प्रदर्शन गरेका बलरहरुले आज शानदार बलिगं गर्दै ओमनलाई १२१ रनमा ३७.१ ओभरमै अलआउट गरेका छन् ।
आज सन्दीप लामीछाने र करण केसीले समान चार चार विकेट लिए । सन्दीपले ८.१ ओभरमा १८ रन खर्चिएर चार विकेट लिए । त्यसै गरी करण केसीले पनि ८ ओभरमा २५ रन दिएर ४ विकेट लिए ।
शरद भेस्वाकरले ६ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।
यस अघि तीन खेलमा हराएको ओमनलाई आज पराजीत गरी नेपालले बदला समेत लिएको छ ।
ओमनका लागि मकसुदले सर्वाधिक ४१ रन जोडेका थिए ।
यो जीतसँगै ८ खेलमा चार जीत सहित ८ अंक जोड्दै नेपाल समुहको चौथो स्थानमा उक्लिएको छ । नामिबियासँग अंक बराबरी भए पनि रनरेटका आधारमा नेपाल चौथो स्थानमा पुग्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ