बलिगं र ब्याटीगं दुबै चल्न नसक्दा वल्र्ड क्रिकेट लिग २ मा नेपाल आज अमेरीकासँग स्तव्ध भएको छ । यस अघिको तीन खेलमा अमेरीकालाई हराएको नेपाल आज उसैसँग स्तव्ध बन्न पुग्यो ।
ओमनमा भएको खेलमा नेपाल १७४ रनमा अलआउट भएपछि जवाफी ब्याटींमा उत्रिएको अमेरीकाले नेपाललाई विकेटले पराजीत गर्दै बदला लिएको छ । नेपाल ४८ ओभरमा १७४ रनमा अलआउट भएपछि अमेरीकालाई जीतका लागि सहज बनेको हो ।
यो लक्ष्य अमेरीकाले २९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । अमेरीकाका स्टेभन टेलर एक्लैले ८० रन जोडेपछि उसको जीत सहज बनेको हो ।
नेपालका लागि सन्दीप लामीछानेले २ तथा करण केसीले दुई विकेट लिए पनि अन्य बलरले विकेट लिन सकेनन् ।
त्यसै गरी ब्याटींमा पनि पनि धेरै जसो खेलाडी दोहोरो अंक नजोडी आउट भए । कप्तान ज्ञानेन्द्र मल्ल ५३ रनमा आउट भए भने ओपनर कुसल भुर्तेल ३६ रनमा आउट भए । त्यसै गरी गुल्सन झा २८ रनमा आउट भए । ओपनर आशिफ शेख तीन रनमा पेभिलियन फर्किदा कुसल मल्लले कुनै रन जोड्न सकेनन् ।
विनोद भण्डारी १०, करण केसी १२ र सन्दीप लामीछानेले ११ रन जोडे । ब्याटींग नचलेको नेपालको बलर पनि विकेट लिन असफल भएका छन् ।
नेपालले अब अर्को खेल ओमन बिरुद्ध खेल्ने छ । यो लिगमा नेपाल ओमनसँग लगातार तीन पटक पराजीत भईसकेको छ ।
यो हारपछि नेपाल छैटौ स्थानमा यथावत छ । नेपालले सात खेलमा ६ अंक मात्र बटुलेको छ ।
ओमन १२ खेलमा २० अंक सहित शीर्ष स्थानमा छ । अमेरीका दोस्रो स्थानमा छ । स्कटल्याण्ड तेस्रो स्थानमा छ भने नामिविया थौचो स्थानमा रहेको छ । यसै गरी युएई पाँचौ स्थानमा रहेको छ ।