बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको स्थानीयवासीलाई आईपिओ बाँडफाँट

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको स्थानीयवासीलाई आईपिओ बाँडफाँट

  • शुक्रबार, अशोज १, २०७८
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नुवाकोट जिल्लाका स्थानिय वासिन्दाका लागि जारी गरेको ४ लाख कित्ता वराबरको रु.४ करोडको आईपीओ आज मिति २०७८ साल भाद्र ३१ गतेको दिन कम्पनीका पदाधिकारीहरुको रोहवरमा बाँडफाँट गरिएको छ ।

कम्पनीले श्रावण ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि भाद्र १५ गते सम्म शेयर बिक्री खुल्ला गरेको थियो ।

माग गरिएको भन्दा अधिक कित्ताका लागि आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । माग गरिएको ४ लाख कित्ताका लागि ३२,०९,१०३ कित्ता वराबरको आवेदन परेको थियो । आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि माग गरिएको ४ लाख कित्ताका लागि ३२,०९,१०३ कित्ता बराबरको आवेदन गर्नु हुने आवेदकहरु मध्ये बैध आवेदक संख्या ४९,३१० मा न्युनतम १० कित्ताका दरले वांडफांड गर्दा ४०,००० आवेदकहरुलाई बुद्धभुमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडका पदाधिकारीहरुको रोहवरमा गोलाप्रथाको विधिबाट बाँडफाँट कार्य सम्पन्न भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ