अमेरीका बिरुद्ध नेपाललाई दोस्रो झड्का, कुसल भुर्तेल पनि आउट

अमेरीका बिरुद्ध नेपाललाई दोस्रो झड्का, कुसल भुर्तेल पनि आउट

  • शुक्रबार, अशोज १, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

ओमनमा चलिरहेको विश्व क्रिकेट लिग २ अन्तर्गतका खेलमा नेपाललाई दोस्रो झड्का लागेको छ । टस हारेर अमेरीकाले फिल्डिङ रोजेपछि नेपालले व्याटीङ थालेको छ । नेपालले तेस्रो ओभरमै ५ रन भित्र पहिलो विकेट गुमाएर दबाबमा आएको बेला कुसल भुर्तेलले नेपालको पारी केही उकासेका थिए । उनी पनि १२ औँ ओभरमा ३६ रन बनाएर आउट भए । उनले एक छक्का र चार चौका प्रहार गरेका छन् । त्यस अघि आशिफ शेख ३ रनमा आउट भएका थिए ।
यस अघिको पहिलो खेल जीतिसकेकाले नेपाल अमेरीका बिरुद्ध जीतकै निरन्तरताको रणनीतिमा छ । अघिल्लो खेलमा अमेरीकामाथि ५ विकेटको जीत निकालेको थियो ।
तर ओमनसँगको खेलमा निराशाजनक प्रदर्शन गरेको टोलीमा आज केही खेलाडी परिवर्तन सहित रणनीति परिवर्तन हुन सक्ने छ ।
ओमन यो समुहको शीर्ष स्थानमा रहेको छ । उसको १८ अंक छ । अमेरीका १२ अंक सहित दोस्रो स्थानमा छ भने नेपाल ६ अंक सहित छैटौ स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ