ओमनमा चलिरहेको विश्व क्रिकेट लिग २ अन्तर्गतका खेलमा नेपाललाई दोस्रो झड्का लागेको छ । टस हारेर अमेरीकाले फिल्डिङ रोजेपछि नेपालले व्याटीङ गरीरहेको छ । नेपाल अहिले तीन विकेट गुमाएपछि थप दबाबमा परेको छ । नेपालका ओपनर आशिफ शेख ३ रन, कुसल भुर्तेल ३६ रन र रोहित पौडेल २ रनमा पेभिलियन फर्किएका छन् ।
यस अघिको पहिलो खेल जीतिसकेकाले नेपाल अमेरीका बिरुद्ध जीतकै निरन्तरताको रणनीतिमा छ । अघिल्लो खेलमा अमेरीकामाथि ५ विकेटको जीत निकालेको थियो ।
तर ओमनसँगको खेलमा निराशाजनक प्रदर्शन गरेको टोलीमा आज केही खेलाडी परिवर्तन सहित रणनीति परिवर्तन हुन सक्ने छ ।
ओमन यो समुहको शीर्ष स्थानमा रहेको छ । उसको १८ अंक छ । अमेरीका १२ अंक सहित दोस्रो स्थानमा छ भने नेपाल ६ अंक सहित छैटौ स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline