अष्टलक्ष्मीका लागि पनि भएन जेठ २ कार्यन्वयन, पूर्व माओवादी बादल नै ईन्चार्ज !

अष्टलक्ष्मीका लागि पनि भएन जेठ २ कार्यन्वयन, पूर्व माओवादी बादल नै ईन्चार्ज !

  • बिहिबार, भदौ ३१, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

१० बुदे सहमति कार्यन्वयन गर्ने र जेठ २ को पाटभएर्की संरचना लागू गर्ने अध्यक्ष ओलीले सहमति जनाएको भन्दै एमालेमै बसेका भीम रावल मात्र हैन अब अष्ट लक्ष्मी शाक्यका लागि पनि जेठ २ नआउने भएको छ ।
आज काठमाण्डौँमा भएको कार्यक्रममा जेठ२ को अवस्था लागू हुँदा अष्ट लक्ष्मी शाक्य बागमती प्रदेश ईन्चार्जको रुपमा आशनमा हुनु पर्ने थियो ।
तर माओवादी छाडेर एमाले प्रवेश गरेका राम बहादुर थापा नै ईन्चार्जको रुपमा उपस्थित भए ।
त्यसपछि बोल्ने क्रममा मुख्यमन्त्री रहेकी शाक्यले जालझल नगरी जेठ २ अनुसार अघि बढाँै भनिन् । तर त्यो सुनुवाई हुने स्थिति भने थिएन ।
यस अघि नै भीम रावलले सुदुरपश्चिम प्रदेश ईन्चार्जमा आफू हुनु पर्ने दाबी गरे पनि त्यसलाई अध्यक्ष ओलीले अस्वीकार गरीसकेका छन् । सो प्रदेशमा पनि पूर्व माओवादीका लेखराज भट्ट ईन्चार्ज छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ