ओमन सामु नेपाल फेरी पनि निरीह, बलरको खराब प्रदर्शन हुँदा ५ विकेटको हार

ओमन सामु नेपाल फेरी पनि निरीह, बलरको खराब प्रदर्शन हुँदा ५ विकेटको हार

  • मङ्लबार, भदौ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

विश्व क्रिकेट लिग २ अन्तर्गत भएको खेलमा नेपाल ओमन सामु पुनः निरीह साबित भएको छ । आमनमै आज सम्पन्न नेपालमा नेपालले दिएको १९७ रनको लक्ष्य ओमनले ओभरमा ५ विकेटको क्षतिमा ३२ औँ ओभरमा पूरा गर्यो । टस जीतेर शुरुमा ब्याटीगं गरेको नेपालका लागि ओपनर आशिफ शेखले ९० रन बनाए पनि अन्य ब्याट्म्यान चल्न नसक्दा १९६ रनमा नेपाल ४७.४ ओभरमा अलआउट भएको थियो ।
नेपालले पहिलो ओभरमै शुन्य रनमा ओपनर कुसल भुर्तेललाई गुमाउन पुग्यो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र शेखले नेपालको पारी उकासे । शेखले ७ चौका र एक छक्काको मद्धतमा ९० रन बनाए । कप्तान मल्ल २१ रनमा आउट भए । रोहित पौडेल २० रनमै आउट भए भने करण केसी २१, सन्दीप लामीछाने १६ रन जोड्न सफल रहे पनि अन्यले दोहोरो अंक जोड्न सकेनन् । नेपाल कुल ४७. ४ ओभरमा अलआउट हुँदै १९६ रन मात्र बनाउन सक्यो । ओमनका विलाल खान एक्लैले चार विकेट झारे ।
उता ओमनका जतिन्दर सिंहले ६२ बलमै १०७ रन बनाएर नेपाली बलरलाई निरीह साबित गरे । उनले सोमपालको एक ओभरमा तीन छक्का र तीन चौका प्रहार गरी ३० रन लिएका थिए । आज नेपालका कुसल मल्लले २, करण केसीले २ तथा सुसन भारीले एक विकेट लिएका थिए ।
आजको खेल जीतेको अवस्थामा नेपाल समुहको चौथो स्थानमा उक्लने संभावना रहेपनि नेपालले त्यो अवसर सदुपयोग गर्न सकेन ।
ओमनले नेपाललाई काठमाण्डौँमै पनि दुबै खेलमा पराजीत गरेको थियो । ओमन समुहको शीर्ष स्थानमा रहेको छ ।
नेपालले अब अमेरीका र ओमन सँग थप दुई खेल खेल्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ