आशिफको उत्कृष्ट ब्याटिङका बाबजुद धर्मरायो नेपालको ब्याट, ओमनलाई १९७ रनको चूनौती

आशिफको उत्कृष्ट ब्याटिङका बाबजुद धर्मरायो नेपालको ब्याट, ओमनलाई १९७ रनको चूनौती

  • मङ्लबार, भदौ २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

विश्व क्रिकेट लिग २ मा ओपनर आशिफ सेखको उत्कृष्ट ब्याटिङका बाबजुद नेपालको समग्र प्रदर्शन कमजोर रहँदा ओमनले १९७ रनको सामान्य लक्ष्य पाएको छ ।
पहिला टस जीतेर ब्याटिङ रोजेको नेपालले पहिलो ओभरमै शुन्य रनमा ओपनर कुसल भुर्तेललाई गुमाउन पुग्यो । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र शेखले नेपालको पारी उकासे । शेखले ७ चौका र एक छक्काको मद्धतमा ९० रन बनाए । कप्तान मल्ल २१ रनमा आउट भए । रोहित पौडेल २० रनमै आउट भए भने करण केसी २१, सन्दीप लामीछाने १६ रन जोड्न सफल रहे पनि अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
अब ओमनले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपाल कुल ४७. ४ ओभरमा अलआउट हुँदै १९६ रन मात्र बनाउन सक्यो । ओमनका विलाल खान एक्लैले चार विकेट झारे ।
ओमन समुहको शीर्ष स्थानमा छ । आजको खेल जीत्न सक्दा नेपाल चौथो स्थानमा उक्लिने संभावना छ ।
यस अघि नेपालले हिजो अमेरीकालाई पराजीत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ