विश्वकप क्रिकेट लिग २ अन्तर्गत आमन बिरुद्धको खेलमा नेपालले खराब शुरुवात गरेको छ । टस जीतेर ब्याटीङ रोजेको नेपालले दोस्रो ओभर सम्म ब्याटीङ गर्दा एक रन समेत नबनाई एक विकेट गुमाएको छ । अमेरीका बिरुद्ध ८४ रनको स्कोर खडा गरेका ओपनर कुसल भुर्तेल शुन्य रनमा पेभिलियन फर्किएपछि नेपाल दबाबमा परेको छ ।
अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ । तर, आजको खेलमा विजयी भएमा चौथो स्थानमा पुग्नेछ । अमेरिकालाई हराउँदै उच्च प्रदर्शन गरेको नेपालको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।
सहभागी टिममध्ये नेपालले सबैभन्दा कम खेल खेलेको छ । अंक तालिकामा १० खेल खेलेको ओमान आठ जित र दुई हारका साथ १६ अङ्क जोड्दै पहिलो स्थानमा छ । यसैगरी, १३ खेलमा ६ जित, सात हारका साथ १२ अङ्क जोड्दै अमेरिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको स्कटल्यान्डको आठ खेलमा नौ अंक र चौथो स्थानमा रहेको नामिवियाको सात खेलमा आठ अंक छ । नेपालले पाँच खेलमा तीन जित दुई हारसहित ६ अङ्क जोड्न सफल भएको छ ।