विश्व क्रिकेट लिग २ अन्तर्गत आज नेपालले ओमन बिरुद्ध खेल्दै छ । कीर्तिपुरमा भएको दुबै खेलमा पराजीत भएको नेपालले आज ओमनलाई उसैको मैदानमा हराउने लक्ष्य राखेको छ । नेपालले टस जीतेर पहिला ब्याटीङ रोजेको छ ।
नेपालले हिजो मात्रै अमेरीकामाथि ५ विकेटको महत्वपूर्ण जीत निकालेको थियो ।
नेपालले लिग अन्तर्गत छैटौँ खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको ओमानको सामना गर्न लागेको हो । ओमानको गृह मैदान अल अमरतमा हुने डे एन्ड नाइट खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ देखि सुरु हुनेछ । अंक तालिकामा नेपाल पुछारबाट दोस्रो स्थानमा छ । तर, आजको खेलमा विजयी भएमा चौथो स्थानमा पुग्नेछ । अमेरिकालाई हराउँदै उच्च प्रदर्शन गरेको नेपालको लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ ।
सहभागी टिममध्ये नेपालले सबैभन्दा कम खेल खेलेको छ । अंक तालिकामा १० खेल खेलेको ओमान आठ जित र दुई हारका साथ १६ अङ्क जोड्दै पहिलो स्थानमा छ । यसैगरी, १३ खेलमा ६ जित, सात हारका साथ १२ अङ्क जोड्दै अमेरिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको स्कटल्यान्डको आठ खेलमा नौ अंक र चौथो स्थानमा रहेको नामिवियाको सात खेलमा आठ अंक छ । नेपालले पाँच खेलमा तीन जित दुई हारसहित ६ अङ्क जोड्न सफल भएको छ ।