सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, ७ कात्तिकमा साधारणसभा

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, ७ कात्तिकमा साधारणसभा

  • शुक्रबार, भदौ २५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, २५ भदौ। सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

गत वर्ष सानिमाले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, बैठकले लाभांश पारित गर्न आगामी ७ कात्तिकमा कम्पनीको १०औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । हाइड्रोपावरले घोषणा गरेको उक्त लाभांश साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्तालाई वितरण गरिनेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले १८ असोजमा एकदिनका लागि बुकक्लोज गर्ने जनाएको छ । १७ असोजम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ