अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको आकार घटाएका छन् । यो घटाएर १६ खर्ब ३२ अर्बको बजेट पेश गरेका छन् ।
यस्तै सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । चैतसम्म सबैको खोप पाउने र त्यसपछि आर्थिक गतिविधि बढ्ने र उक्त आर्थिक वृद्धि हुने सरकारको प्रक्षेपण रहेको छ ।
बजेटमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।
यो बजेटमा अघिल्लो सरकारले ल्याएको ढुंगा, गिट्टी बालुवा निकासी गर्ने योजना भने खारेज गरेको छ । उक्त योजनाको चौतर्फी बिरोध भएको थियो ।
https://www.mirmireonline.com/wp-content/uploads/2021/09/1631269940_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8-%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A5%87%E0%A4%AF%E0%A4%95-Final-Press.pdf