काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ आज बाँडफाँड भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आज बिहान बाँडफाँड सम्पन्न गरेको हो । तर यो नतिजा अब केही बेर पछि मात्रै हेर्न सकिनेछ ।
आईपीओ को नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।
तेह्रथुम पावर कम्पनीको वेबसाइट https://terhathumpc.com/, बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेबसाइट http://niblcapital.com/, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ खोली आफ्नो बिओआईडी नम्बर राखेर नतिजा हेर्न सकिनेछ ।
कम्पनीको आइपीओमा योग्य २३ लाख ४६ हजार ६ सय २७ जना आवेदकले गोलाप्रथाबाट शेयर हात पारेका छन् । जस अनुसार गोलाप्रथाबाट ७४ हजार ४ सय जनाले १० कित्ताका दरले शेयर पाएका हुन् । आवेदन दिएकामध्ये २२ लाख ८१ हजार ४७ जना आवेदकको हात खाली भएको छ ।
आइपीओमा २३ लाख ५५ हजार ४ सय ४७ जना आवेदकबाट २ करोड ९३ लाख ७८ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो ।
कम्पनीले भदौ ९ गतेबाट सर्वसाधारणलाई २० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर बिक्री गरेको थियो ।