सिम टिभीको बदमासी : ईलेक्ट्रोनिक सामान खरीद विक्री गर्ने कागजातको आधारमा बीरगञ्जमा केवल टिभी सञ्चालन

सिम टिभीको बदमासी : ईलेक्ट्रोनिक सामान खरीद विक्री गर्ने कागजातको आधारमा बीरगञ्जमा केवल टिभी सञ्चालन

  • बिहिबार, भदौ २४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

सिम टिभीको बदमासी : ईलेक्ट्रोनिक सामान खरीद विक्री गर्ने कागजातको आधारमा बीरगञ्जमा टेलिभिजनमा भारतीय च्यानलहरु प्रशारण
पर्सा, २४ भाद्र र प्रदेश २ को एक मात्र महानगरपालिका बिरगंज महानगर भित्र सूचना तथा सन्चार मन्त्रालयको धज्जी उडाउदै सिम टिभी संचालनमा आएको छ । इलेक्ट्रोनिक समान खरिद बिक्रि गर्ने कागजातको अधारमा सिम टिभी संचालनमा आउनुको साथै सूचना तथा संचार मन्त्रालयले दिएको निर्देशनको धज्जी उडाउदै भारतीय च्यानलहरू संचालनमा ल्याएको हो ।
बिगत केही दिन अगाडी केही ब्यक्तिहरू अबैध तरिकाले यस्ता टिभीहरू संचालन गरेको बेला जिल्ला प्रशासन कार्यालय पर्साको आदेशले बन्द गरिएको थियो । तर यता नेपालमा दर्ता नै नभएका च्यानलहरू केबल टिभीबाट प्रशारण हुनु र त्यस माथी कारवाही नहुनु बिडम्बनाको बिषय बनेको छ । बिरगंज क्षेत्रमा प्रशारण भइरहेको सिम टिभीको बिषयमा समाचार संकलन गर्ने क्रममा यस्तो रहस्यको उजागर भएको छ ।
इलेक्ट्रोनिक समाग्री खरिद बिक्री गर्ने कागजातको अधारमा सिम टिभी सन्चालन गर्नु र समबन्धित निकाय भनिएको जिल्ला प्रशासन कार्यालय हालसम्म मौन बस्नु दुर्भाग्यको बिषय बनेको छ । कुनैपनी क्षेत्रमा यस्ता टिभी सन्चालन गर्नको निम्ति आदेश लिनु पर्ने हुन्छ तर कुनै किसिमको आदेश नै नलिइ, मात्र इलेक्ट्रोनिक समाग्री खरिद बिक्री गर्ने कागजातको अधारमा सिम टिभी संचालनमा ल्याएको श्रोतले बताएको छ । केही समय अघि सूचना तथा संचार मन्त्रालयले भारतीय च्यानलहरूमा कुनै किसिमको प्रचार प्रसार नगर्न गराउन निर्देशन दिएको थियो । तर उक्त निर्देशनलाइ धज्जी उडाउदै सिम टिभीले प्रचार प्रसार सहित भारतीय च्यानलहरूलाई संचालनमा ल्याएको छ ।
यस बिषयमा बिरगंज शाखा क्षेत्रको जिम्मेवारी पाएका सुनिल महतोले ३ ४ वटा च्यानल त्यस्तो किसिमको संचालनमा आएको स्विकार गरे । उनले त्यस्तै छ भने आफुहरू उक्त च्यानल बन्द गर्न समेत तयार रहेको बताए । तर आफुले पूरै बिधिवत रूपले सबै कागजात पेश नै गरि सिम टिभीको जिम्मेवारी लिएको बताए ।
यता केन्द्रबाट प्रसारण गर्ने सिम टिभीका कर्मचारी सुदिप गौतमले यस बिषयमा बुझन खोज्दा एकैछिनमा सम्पर्कमा आउन भन्दै फोन काटे तर पछि सम्पर्कमा आउन चाहेनन् । यस्ता गतिविधि प्रशारण गर्ने केबलहरूबाटै हुन थालेपनी समबन्धित निकायको मौनताले ठूलो प्रश्न खडा भएको छ । अनुगमनमा ढिलाइ भएपछी यस्ता गतिविधि गरि कमाइ खाने भाडो बनाउने ब्यक्तीहरू समेत सकृय भएका छन । तसर्थ यस्ता गतिविधि गर्ने टिभीहरू माथी जिल्ला प्रशासन कार्यालय पर्साको साथ साथै सूचना तथा सन्चार मन्त्रालयको ध्यान जान अति अवाश्यक देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी