काठमाडौं, भदौ २४ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको छ । ओली निवास बालकोटमा भेट भएको हो । आजै काठमाण्डौ आएको एमसीसी टोलीले उक्त भेटवार्ता गरेको हो ।
बालकोटमा भएको वार्तामा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी थिए ।
भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भटटराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।
चार दिन नेपाल बसेपछि सुमार फर्कनेछिन् । होटल याक एण्ड यतिमा एमसीसीको नेपाल कार्यलय राखिएको छ । त्यसको पनि सुमारले अवलोकन गर्नेछिन् ।