एक्सेल डेभलपमेन्ट बैंककाे साधारणसभा १६ असोजमा, लाभांश पारित गर्ने

एक्सेल डेभलपमेन्ट बैंककाे साधारणसभा १६ असोजमा, लाभांश पारित गर्ने

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, २३ भदौ । लाभांश पारित गर्न एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभा (एजीएम) बोलाएको छ।  मंगलबार बसेको सञ्चालक समितिको बैठकले १६ असोज बिहान ११ बजे सिद्धार्थ होटल, विर्तामोड, झापामा १५औँ वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष ०७६/०७७ मुनाफाबाट चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने नाै करोड ७३ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ५१ लख २२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने र गाभिने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेको छ । बैंकको साधारणसभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरूको निर्वाचनसमेत गर्नेछ।

साधारणसभा तथा लाभांश प्रयोजनका लागि बैंकले १ देखि १६ असोजसम्म बुक क्लोज गर्ने जनाएको छ। जसअनुसार ३१ भदौसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ