युवा नेता गज बहादुर विष्ट बेलडाँडीको गाँउ सभापतिको दौडमा

युवा नेता गज बहादुर विष्ट बेलडाँडीको गाँउ सभापतिको दौडमा

  • बुधबार, भदौ २३, २०७८
  • डम्मर दत्त भट्ट

  • 11.2K
    SHARES

कञ्चनपुर , २३ भदौँ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी गाउँ पालिकाका काँग्रेस युवा नेता गज बहादुर विष्ट नेपाली काँग्रेस बेलडाँडी गाँउ सभापतिको आँकाक्षी देखिएका छन । काँग्रेस बेलडाँडी गाँउ समितिको सचिव समेत रहेका विष्टले सभापतिको यात्रा तय गरेका छन । १३ औँ महाधिवेशनमा काँग्रेस बेलडाँडीको गाँउ सचिवमा निर्वाचित विष्टले आशन्न १४ औँ महाधिवेशनका लागि बेलडाँडीको सभापतिको यात्रा तय गरेका हुन ।
३५ बर्षिया काँग्रेस युवा नेता विष्ट किशोरा अवस्थादेखि नै काँग्रेसको राजनीतिमा होमिएका थिए । स्थानीय रौलेश्वर उच्च माविमा अध्ययन गर्दादेखि नै उनी काँग्रेसको राजनीतिमा जोडिएका हुन । पारिवारिक खान्दानी नै काँग्रेस भएकाले उनले पनि किशोरा अवस्थादेखि काँग्रेसकै राजनीति गरिरहेका छन । विभिन्न समाजिक संघ संस्था एव युवा उद्यमीमा समेत सकृय रहेका विष्टलाई काँग्रेस युवा पङक्तिको साथ सर्मथन रहेको छ । बेलडाँडी युवा समुहको अध्यक्ष, महाकाली सिँचाई द्वितिय चरण ६ ब्लकको अध्यक्ष समेत रहेका विष्टले विगतमा बेलडाँडी क्षेत्रका युवाका लागि खेलकुद सहितका विभिन्न योजना संचालन गरेका थिए ।
अग्रज नेताहरुलाई माथिल्ला समितिमा पठाएर आफुले गाँउको जिम्मेबारी लिन खोजेको उनले बताए । ‘गाँउका अधिकाँस अग्रज नेता ज्यूहरु माथिल्ला समितिमा गएका छन, ‘उनले भने, ‘अब बेलडाँडीको अबिभारा हामीले सम्हाल्ने हो ।’ आफु सहमती सहकार्यको बाधक नभई सहमतीय आधारमा काँग्रेस बेलडाँडीको नेतृत्व, पदाधिकारी छनौट हुनुपर्ने उनको भनाई छ । ‘म सहमतीको बाधक होर्ईन, ‘उनले भने, ‘यती सबैले सहमती गरे मेरो पनि साथ सर्मथन हुन्छ ।’
काँग्रेस भित्र रहेका गुटउपगुट अन्त्य गर्दै बेलडाँडीमा काँग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने उनको योजना छ । ‘काँग्रेसलाई पूर्ण लोकतान्त्रिक नेता कार्यकर्ता र जनताको लोकप्रिय पार्टी बनाउँछु, ‘उनले भने, ‘त्यही भएर मेरो उम्मेदवारी सभापतिका लागि हो, भावि निर्वाचनमा बेलडाँडीमा काँग्रेसलाई जिताउँछु ।’ पार्टीको गाँउ सभापतिको जिम्मेबारी पाएसंगै पार्टीभित्र सबैलाई मिलाएर लैजाने र बाहिर जनताको आस्था, भरोसाको केन्द्र बिन्दु बनाएर भावि स्थानीय तह सहितका चुनावमा जिताउँने उनले बताए । नेता, कार्यकर्ताको माया ममताका कारण सभापतिको बन्ने ईच्छा जाहेर गरेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ