बागमती प्रदेशका ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त

बागमती प्रदेशका ६ मन्त्री र चार राज्यमन्त्री नियुक्त

  • बुधबार, भदौ २३, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

हेटौंडा, भदौं २३ । बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गरेकी छन् । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।

नवगठित मन्त्रिपरिषदमा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय , केशवराज पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय ,रचना खड्कालाई आर्थिक मामिला तथा योजना, विजय सुवेदीलाई सामाजिक विकास र शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्री स्वास्थ्य मन्त्री, चन्द्र लामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् ।

यसैगरी, मुख्यमन्त्री शाक्यले जीवन खड्कालाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग राज्यमन्त्री, जुनेली श्रेष्ठलाई सामाजिक विकास राज्यमन्त्री तथा बद्री मैनालीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेकी छन् । संसदमा अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले मन्त्रीपरिषद् विस्तार गरेकी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ