डिश मिडिया नेटवर्क लि. (डिश होम ) ले पोखरामा डिशहोम फ़ाईबर नेट शुरु गरेको छ । आज
नँयाबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालि मा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले यो सेवाको औपचारीक उद्घाटन गरेका छन् ।
डिश होमका तर्फवाट यरिया सेल्स मेनेजर , सेल्स अफिसर , टेक्निकल व्यक्तित्वहरु , विभिन्न संचार माध्यम का
पत्रकार ,डिलर प्रतिनिधिहरु, स्थानीय समाजसेवी , बुद्धीजीवीहरु कार्यक्रममा सहभागी थिए ।
उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालि का अध्यक्ष अम्बिका मोहन भट्टराईले डिशहोम फ़ाईबर नेटको महत्व र आवस्यकताबारे प्रष्ट पारेका थिए ।
उहाँले भन्नू भयो, डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु भयो।”
सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुनेछ भने १० एमबीपिएस देखि ग्राहकको रोजाइ अनुसार १०० एमबीपिएस सम्मको प्याकेज उपलब्ध रहेको छ।
सहरी एरियामा सुरु गरेको डिशहोम फ़ाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरियाका ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होमका यरिया सेल्स मेनेजर प्रदिप सुबेदीले जानकारी गराउनु भयो । उहाँले डिशहोम फ़ाईबर नेट संगै अन्य सेवा पनि
छिट्टै सुरु हुने कुरा जानकारी गराउनु भयो । यश सगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनु नपर्ने भएको छ ।
भट्टराई एण्ड ब्रदर्स प्रा ली ले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार जमाएको छ ।
