कञ्चनपुरमा निजामती दिवस : बेदकोटको चुरे तटिय क्षेत्रमा बृक्षारोपण

कञ्चनपुरमा निजामती दिवस : बेदकोटको चुरे तटिय क्षेत्रमा बृक्षारोपण

  • मङ्लबार, भदौ २२, २०७८
  • डम्मर दत्त भट्ट

  • 10.3K
    SHARES

कञ्चनपुर, २२ । कञ्चनपुरमा समेत निजामती दिवस मनाईएको छ । मंगलबार कञ्चनपुरमा पनि निजामती दिवस मनाएको हो । दिवसका अवसरमा बेदकोट नगरपालिका चुरे तटिय क्षेत्रमा बृक्षारोपण गरिएको छ । बेदकोट नगरपालिका ६ मुसेपानी स्थित गणेश सामुदायिक वन र निजनमती दिवस आयोजक समितिले संयुक्त रुपमा निर्मणाधिन महाकाली तेस्रो चरणको नहर क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोपेर बृक्षारोपण गरिएको थियो । निजामती दिवस समारोहका संयोजक समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेले डिभिजन वन मार्फत बृक्षारोपणका स्थानीय गणेश सामुदायिक वनसंग समन्वय गरेका थिए । विभिन्न प्रजातिका झण्डै ५देखि ७ सय बिरुवा रोपिएका छन ।
महाकाली सिँचाई तेस्रो चरण आयोजनाले निजमाती दिवसका अवसरमा बृक्षारोपण गरिएको स्थानलाई निजामती वाटीका नामाकरण गर्दै संरक्षणको प्रतिबद्धता जाहेर गरिएको छ । उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराई, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डे, जिल्लाभरीका विभिन्न सरकारी कार्यालय कर्मचारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, स्थानीय समुदायिक वनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ