काठमाडौं भदौ २२ । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासले अन्तरिम आदेश अस्वकिार गर्दै छलफलका लागि दुबै पक्षलाई २८ गते आउन आदेश गरेको छ ।
एमालेले १४ सांसदलाई दलबाट निष्कासन गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै अध्यक्ष ओलीले सो विरुद्ध रिट दायर गरेका थिए । एमालेले माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय कार्यान्वयन नगराएको भन्दै संघ र लुम्बिनी प्रदेशका सभामुख सापकोटाविरुद्ध रिट दायर गरेको थियो ।
एमाले विभाजनको पूर्व सन्ध्यामा एमालेले ती सांसदहरुलाई कार्बाही गरेको थियो । तर सभामुखले उक्त कार्बाही बिचाराधीन अवस्थामा राखेकै बेला एकीकृत समाजवादी बनेको थियो । त्यसपछि एमालेले सभामुखको बिरोध गर्दै आएको छ ।