वडा सदस्य महर्जन जग्गाको मोहियानी हक दिलाउने भन्दै दुई लाख घुस लिएको आरोपमा पक्राउ

वडा सदस्य महर्जन जग्गाको मोहियानी हक दिलाउने भन्दै दुई लाख घुस लिएको आरोपमा पक्राउ

  • सोमवार, भदौ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

जनताको सेवा गर्छु भनेर निर्वाचित भएर आएको जनप्रतिनिधिले मतदातासँग घूस माग्छ भन्ने विषय सामान्य रूपमा अनुमान गरिँदैन ।

जनताका लागि जनताबाट निर्वाचित जनप्रतिनिधि सदैव जनताप्रति नै उत्तरदायी हुन्छ तर जनताका लागि काम गर्छु भनेर निर्वाचित भएका जनप्रतिनिधिले नै घूस मागे भन्ने सुन्दा उनीहरूलाई कस्तो लाग्ला रु यस्तै अनुमान नै गर्न नसकिने घटना घटेको छ । त्यो पनि राजधानी काठमाडौँमा नै ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका–१४ का वडा सदस्य वसन्त महर्जनलाई रु दुई लाख घूस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौँलाई सिफारिस गर्दा घूस मागेका थिए ।

वडासदस्यले नै घूस मागेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले कामनपा–१४ कलङ्की खसीबजारस्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयबाट पक्राउ गरेको हो । आरोपी वडासदस्यको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । उनी नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ