ब्लड हुड र ईन्द्रायणीको संयुक्त रक्तदान र निशुल्क मास्क बितरण

ब्लड हुड र ईन्द्रायणीको संयुक्त रक्तदान र निशुल्क मास्क बितरण

  • सोमवार, भदौ २१, २०७८
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भदौ २१ काठमाडौं । आज अरुको लागि भोलि आफ्नै लागि भन्दै लायन्स क्लब अफ काठमाडौं ब्लड हुड र लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुशिबुले अन्य संघ संस्था सङ्ग मिलेर संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम र विभिन्न ठाउँमा निशुल्क मास्क बितरण गर्दै आईरहेको छ।

त्यसै गरि हिजो आइतबार स्वयम्भु, भगवान पाउ मा १००० थान निस्शुल्क मास्क बितरण गर्नुको साथै कोरोना सङ्क्रमण बाट वच्न मास्क,खोप लगाउन, नियमित सरसफाइ मा ध्यान दिनुपर्ने कुरामा जोड दिदै सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

त्यसै गरि शनिबार नयाँ बानेश्वर र आईतवार महादेव पार्वती डबली,बसन्तपुरको रक्तदान कार्यक्रमबाट २८ पिन्ट रगत सङ्कलन गर्न सफल भएको छ।उक्त कार्यक्रममा लायन्स डिस्ट्रीक्ट बी १, को तर्फबाट फस्ट डिस्ट्रीक्ट गभर्नर लायन महेन्द्र पौडेल, सेकेन्ड भाईस डिस्ट्रीक्ट गभर्नर लायन मनि श्री,डिपुटी डिपार्टमेन्ट चिफ लायन सागर डङ्गोल,ब्लड डोनर्स यसोसिएसन नेपाल९ काठमाडौं मध्य क्षेत्र० का केन्द्रिय सल्लाहकार( राजेन्द्र श्रेष्ठ , केन्द्रिय कोषाध्यक्ष मचाकाजी महर्जन लगाएत पदाधिकारीहरु,ब्लड फर नेपालका प्रदिप नेपालको उपस्थिति थियो।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ईन्द्रायणी खुशिबु,ब्लोदान,जागरुक युवा समाज,ब्लड फर नेपाल साथै प्राबिधिक सहयोग कान्तिपुर ब्लड बैंक सङ्गको सहकार्यमा सम्पन्न कार्यक्रममा दुबै क्लबको पदाधिकारीहरुको सक्रिय उपस्थिति पनि रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ