एक सय ८ अंकले झर्यो शेयर, लगानीकर्तामा निराशाको संकेत

एक सय ८ अंकले झर्यो शेयर, लगानीकर्तामा निराशाको संकेत

  • आइतवार, भदौ २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं । साताको सुरुको दिन आज शेयर बजारमा ठूलो पहिरो गएको छ । एकै बजे नेप्से ५ प्रतिशतले घटेसँगै नेगेटिभ सर्किट ब्रेकनै लाग्न पुगेको छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा १ सय २५ अंक अर्थात् पाँच प्रतिशतले गिरावट आएसंगै एक्सचेन्जले ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो ।
कारोबार पुनः सुरु भएसँगै नेप्से उतार चढावबीच एक सय आठ अंकले ओरालो लागेर २८ सय १८ मा आई थामिएको हो । सबै समूहमा उच्च गिरावट आउँदा कारोबार भने सवा ११ अर्ब हाराहारीमा पुगेको हो । बीमा समूह दुवैमा ५ सय अंक बढीको गिरावट आएको छ । विकास बैंक समूहमा ३ सय ९४ अंकको गिरावट आयो ।

वित्त, जलविद्युत र व्यापार समूहमा पनि २ सय अंकमाथिको गिरावट आयो हो। उत्पादनमूलक, होटल तथा पर्यटन र लघुवित्त समूह पनि २ अंक हाराहारीले ओर्लिए । अन्य र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओरालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७९ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ६ कम्पनीको मूल्य बढ्यो । यस दिन नेप्सेमा २ सय २३ कम्पनीको २ करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ