काठमाडौँ भदौ १९ । शेयर बजारमा आज ठुलो गिरावट आएको छ । कारोबार शुरु भएको दोस्रो घण्टामै ५ प्रतिशतले बजार घटेपछि ४० मिनेटका लागि कारोबार नै बन्द गरिएको छ ।
सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७.३१ अंकले घटिसकेको छ । २ घण्टामा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे बजारमा ठूलो नकारात्मक प्रभाव परेको छ ।
मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ । बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु निराश हुन थालेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline