गराँसमा गुम्बा निर्माणमा सहयोग गर्ने कटारी नगरका मेयर श्रेष्ठको प्रतिवद्धता

गराँसमा गुम्बा निर्माणमा सहयोग गर्ने कटारी नगरका मेयर श्रेष्ठको प्रतिवद्धता

  • शनिबार, भदौ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कटारी भदौ १९ । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले कटारी नगरपालिका वडा नम्बर २ गराँसमा निर्माणाधीन गुम्वाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । नगरपालिकाले शिलान्यास गरेको गुम्बा निर्माणमा नगरले जहिले सहयोग गर्ने मेयर श्रेष्ठले बताए ।
स्थानीयले गुम्बा निर्माण सम्पन्न गर्न स्थानीय निकायका प्रमुखहरुलाई आग्रह गरे पछि मेयरले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
नगरमा रहेका सबै भाषा , धर्म , संस्कृति , गुम्बा , मठ मन्दिर , चर्च लगायतका क्षेत्रलाइ संरक्षण गर्नु नगरको दायित्व रहेको भन्दै मेयर श्रेष्ठले दायित्व पुरा गर्ने बताए ।

थोईसुम गोङफेलिङ् युङ्ने ल्हाखाङ बौद्ध गुम्बा व्यवस्थापन समितिले आज एक वृहत भेलाको आयोजना गरी गुम्बा निर्माण सम्पन्न गर्न स्थानीयसरकारसँग सहयोगको अपेक्षा राखेको बताएका छन् ।
भीमलाल तामाङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपप्रमुअ भिमकुमारी राउत लगायतका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका अवसरमा स्थानीय वृहत भेलाले जनप्रतिनिधिहरुलाई खादा ओढाएर सम्मान समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ