ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

ईटियाहीमा निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर

  • शनिबार, भदौ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.2K
    SHARES

वीरगंज १९ भदौ । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं। ३ ईटियाही टोलमा एक दिने निःशुल्क आँखा परिक्षण तथा परामर्श शिविर सम्पन्न भएको छ ।
श्री हनुमान मन्दिर विकास समिति विन्दवासिनी गा।पा।–३ ईटियाहिको आयोजना तथा नारायणी आई केयर बिर्ता वीरगंजको प्राविधिक सहयोगमा भएको शिविरबाट २०७ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।
ईटियाहीको श्री कामाख्यामाई बचत तथा ऋण सहकारी संस्थाको प्राङ्गणमा भएको शिविरमा जय पोलिक्लिनिक नारायणी आई केयर वीरगंजका नेत्र रोग विशेषज्ञ एवं नारायणी अस्पतालका आँखा विभागका प्रमुख डा। बि।डि चौरसिया, दृष्टि विशेषज्ञ प्रभात चौरसिया, राजेश यादव लगायतको टिमले आँखा परिक्षण गरेका थिए ।
आँखा परिक्षणको क्रममा आँखाका रोगीहरुलाई निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । आँखाको नजदिकी तथा दुरीका समस्या भएका १०० जना बिरामीहरुलाई निःशुल्क रुपमा चश्मा समेत वितरण गरिएको कार्यक्रमका व्यवस्थापक मुकेश चौरसियाले जानकारी दिए ।
शिविरको मिडिया पार्टनर भोजपुरी टाइम्स दैनिकका प्रकाशक अजय कुमार चौरसिया, मिरमिरे अनलाईनका दिपक चौरसिया र हाम्रो नेपाल दैनिकका रामेश्वर चौरसिया लगायत स्थानिय समाजसेवी, बुद्धिजिवि लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ