माधव नेपाल दुध भात खान देउवाको भान्सामा गए, उपप्रधानमन्त्री हुन बामदेवले मेरो बिरोध गरे : ओली

माधव नेपाल दुध भात खान देउवाको भान्सामा गए, उपप्रधानमन्त्री हुन बामदेवले मेरो बिरोध गरे : ओली

  • शनिबार, भदौ १९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेका माधव कुमार नेपाल र वामदेव गौतममाथि कडा प्रहार गरेका छन् । उनले आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल जस्तो लाज शरम पचेको मान्छे संसारमा नदेखेको बताएका छन् ।
माधव नेपालले आफ्नै लागि नभई काँग्रेस र देउवाका लागि एस पार्टी बनाएका छन्, ओलीले भने,एमाले छोडेर अहिलेको सरकारमा जान तयार गरिरहेकाहरुलाई देउवाको भान्छामा दूध भात खान गएका बिरालाहरू हुन् ।
पार्टी विगोर्ने , पदका लोभी, विग्रिएका मान्छेहरु एमालेबाट हिँडेको भन्दै यो पार्टी विभाजन वा एमालेमा पहिरो नगएको उनको जिकिर छ ।
प्रगतिशील वामपन्थी सरकार ढालेर काँग्रेसको एस पार्टी बनाएको भन्दै निरन्तर माधव नेपाल विरुद्ध उनले चर्का अभिव्यक्ति दिएका थिए ।
त्यसै गरी वामदेव गौतम पनि उपप्रधानमन्त्री हुने लोभमा पार्टीबाट राजीनामा दिएर हिँडेको भन्दै उनले दिएको राजीनामापत्रको व्यहोराको बारेमा आलोचना गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ